नेपालमा पनि शाहि बाबा भगवान को उत्पत्ती, यो माथिको भिडियोमा नेपाली शाहिबाबा लाई हेर्नुहोस,

Posted by: ऐत राज तुम्रोक | June 28, 2009

लौ अब भारतको सीमा नेपालीले मिच्यो रे

NEWS BY MY SANSAR लौ अब युद्ध सुरु भएछ। मिडिया युद्ध। नेपाली मिडियामा एकोहोरो भारतीय सुरक्षाकर्मीले नेपालीमाथि दुर्व्यवहार गरेको र सीमा मिचेको खबरहरु आइरहेका थिए। अब भारतीय मिडिया पनि प्रतिकार गर्न थालेका छन्। त्यो पनि आक्रामक रुपमा। आईबीएन च्यानलले निकै नै अतिरञ्जित रुपमा भारतको भूमिमा नेपाली झण्डा गाडेर २४ घण्टा कब्जा गरिएको खबर दिएको छ। भिडियो हेर्न भित्र आउनुस्-

भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुस्-

समाचारमा जनयुद्ध कालका माओवादी छापामारहरुले बन्दूक तेर्स्याउँदै गरेको दृश्य राखेर लौ अहिले नै भारतलाई आक्रमण गर्न आइहाले जस्तो बनाइएको छ। माओवादीलाई टिभीले रेड भाइरसको संज्ञा दिएको छ।

उनीहरुले लेखेको खबर हेर्नुस् त-

नई दिल्ली। नेपाल के रेड वाइरस यानि माओवादियों ने भारत की सीमा में घुसकर नेपाली झंडा फहरा दिया। यही नहीं वो 24 घंटे तक भारतीय जमीन पर काबिज रहे और इस दौरान माओवादियों ने सीमा को बताने वाले तीन पिलर्स को भी तोड़ डाला। रेड वाइरस के इस खतरे से सरकार अच्छी तरह वाकिफ थी। लेकिन माओवादी हमला करते रहे और प्रशासन चैन की नींद सोता रहा।
ऐसे में माओवादियों ने अपने खतरनाक इरादे जाहिर कर दिए हैं। पहले लाल सलाम ठोका, फिर भारत विरोधी नारे लगाए। भारतीय जमीन को अपना बताया और उसपर कब्जा करने की कसम खाई। रेड वाइरस का तांडव 24 घंटे तक चला और 24 घंटे तक माओवादियों ने भारतीय जमीन पर कब्जा जमाए रखा।
एसएसबी ने सूचना मिलते ही मौके पर कूच किया, झंडा कब्जे में ले लिए, तीन पिलर्स को क्षति पहुंचाई गई है। सुरक्षा की जिम्मेदारी एसएसबी को सौंपी गई है। नेपाल के डांग जिले से आए माओवादियों की तरफ से पिलर्स तोड़े गए हैं।
फिलहाल, नेपाली अफसरों से बात की जा रही है, भविष्य में ऐसा न हो इसलिये एसएसबी की टुकड़ी तैनात कर दी गई है।

समाचार पढ्नु भो त ? राम्रोसित हेर्नुस् त, यहाँ भारतको कुन ठाउँमा माओवादीले कब्जा गरियो भनेर नै लेखिएको छैन।

अझ नेपाली पत्रिकामा छापिएको समाचारलाई पर्चा छरेको भनिएको छ। अनि भिडियोलाई ध्यान दिएर हेर्नुस् त, त्यसमा लक्ष्मणपुर बाँध चाहिँदैन, नेपाल डुबाउन पाइँदैन भन्ने नारा लगाइएको छ। पक्कै यो लक्ष्मणपुर बाँधको विरोधमा नेपालको कुनै स्थानमा निकालिएको र्‍यालीको भिडियोलाई अप्रासं‍गिक रुपमा यो समाचारमा हालिएको हो। माओवादी छापामारका फाइल दृश्यलाई पनि त्यसै गरी प्रयोग गरिएको छ।

समाचार ट्विस्ट गर्न त उनीहरुबाट सिक्नु पर्ने बाब्बै !

यो समाचार आइतबार प्रसारण भएको हो र टिभीको साइटमा पनि आजै राखिएको छ। तर उनीहरु कै भाषामा रेड भाइरसले झण्डा गाडेको भनिएको स्थानको दृश्यमा भने सन् २००७ जनवरी १ लेखिएको स्पष्टै देखिएको छ। हेर्नुस् त-

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी परीक्षाको नतिजा आज सार्वजानिक गरेको छ । एसएलसी परीक्षा २०६५ मा २ लाख ५६ हजार ७ सय ७९ विद्यार्थी उत्तीर्ण भएका छन् । यो ६८.७४ प्रतिशत हो । जसमध्ये नियमिततर्फ उत्तीर्ण हुनेमा २ लाख ५६ हजार ७ सय ७९ जना छन्। परीक्षामा ४ लाख १२ हजार ३ सय २१ जनाले फाराम भरेकामा ३ लाख ८८ हजार ५ सय २२ जना परीक्षार्थी सामेल थिए । Read More…

परराष्ट्रमन्त्री सुजाता कोइरालाले अहिलेको सरकार नयाँ संविधान नबनेसम्म नढल्ने दावी गर्नु भएको छ । उहाँले यो सरकार ढलेमा देश फेरि गृहयुद्धतर्फ धकेलिने बताउनुभयो ।

नेपाली काङ्गे्रसको भ्रातृ सङ्गठन दलित सङ्घको केन्द्रीय अधिवेशनमा सहभागी हुन चितवन आउनुभएकी मन्त्री कोइरालाले आज स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताउनुभएको हो । मन्त्री कोइरालाले अहिले दलहरुबीच सहमति र सहकार्यको विकल्प नभएको समेत बताउनुभयो । माओवादीलाई पनि सरकारमा सहभागी गराउनुपर्ने बताउँदै उहाँले लोकतन्त्रको उपलब्धि जोगाउनुपर्नेमा जोड दिनुभयो ।

सेना समायोजनका विषयमा प्रधानमन्त्री नेपालले दिनुभएको अभिव्याक्तिप्रति आफूले कुनै टिप्पणी नगर्ने समेत उहाँले बताउनुभयो । उहाँसागै आउनुभएका सिँचाइ मन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्रीको भनाबारे मन्त्री परिषद्मा कुनै जानकारी नभएको बताउनुभयो ।उहाँले सेना समायोजन सहमतिबाटै टुङ्ग्याउनुपर्ने बताउँदै यसका लागि काङ्ग्रसले अगुवाई गर्ने जिकीर गर्नुभयो ।तीन दिनसम्म चल्ने दलित सङ्घको केन्द्रीय अधिवेशनमा नयाँ संविधानमा दलित मुद्दाका लागि पार्टीको भूमिका, पार्टीभित्रै दलित मुद्दालगायतका विषयमा छलफल हुनेछ । अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

Posted by: ऐत राज तुम्रोक | June 27, 2009

हार्दिक श्रदान्जली

helping%20for%20panchthar[1]

Posted by: ऐत राज तुम्रोक | June 27, 2009

एक नेपाली पद्य कविता

एक नेपाली पद्य कविता

Posted by: ऐत राज तुम्रोक | June 27, 2009

गायनमै जम्ने सपना छ पुष्पाको

puspa[1]पार्श्व गायनमा अहिले गायिका पुष्पा पौडेलको माग दिनानुदिन बढ्दै गइरहेको छ । ०५८ देखि गुरुदेब कामतसँग गायन प्रशिक्षण लिएर गायनमा होमीएकी पुष्पाको फिल्ममा गीत गाउने रहर बालापनदेखि नै थियो रे ।

 

भनिन्, “फिल्म हेर्दा सीनमा भन्दा बढी मेरो ध्यान गीतमै अड्कन्थ्यो ।  यो गीतमा मेरो आवाज भए कस्तो हुन्थ्यो होला भनेर कल्पन्थें ।” रोमाञ्चीत हुँदै पुष्पा बोलीन्,”अहिले त्यो सपना पूरा हुदैगइरहेको छ । तर मैले गर्न धेरै बांकी छ । यो त सुरुवात मात्रै हो ।”

 

अहिलेसम्म झण्डै ६५ वटा नेपाली फिल्ममा आफ्नो आवाज दिइसके तापनि उनी आफैले निकालेको एल्बम साथ को सानी सानी….बोलको गीतबाट मात्रै “पुष्पा भन्ने पनि गायिका छ है” भनेर श्रोता माझ चिनीन थालेको बताउदै पुष्पाले भनिन्,”मैले धेरै फिल्ममा गाएँ । तर म पढाइमा नै धेरै ब्यस्त भएका कारण मिडीयामा छाउन सकिनँ । आफै एल्बम निकालें,त्यो एल्बमले भने मेरो चर्चा हुन थालेछ ।”

 

 पुष्पाले पहिलोपटक फिल्मका लागि भनेर गाएको गीतको बोल थियो- मेरो जवानी साह्रै बेइमानी…। संजय कुटु निर्माता रहेको त्यो फिल्म अहिलेसम्म पनि बनेको छैन । तर, भुवन केसी निर्मीत म तिमी बिना मरिहाल्छु को नौनी नौनी नौनी… बोलको गीतले भने उनलाई फिल्मी गायनमा चर्चामा ल्याइदियो । भन्छिन्, “मैले बारुद मा आँखामा आँखा जुधाइ… गीत पनि गाएको थिएँ । आफैलाई निकै राम्रो लागेको थियो । तर, गीतको चर्चा नै भएन । तर, नौनी नौनी… भने राम्रो चल्दैछ ।” उनले पहिला प्राय आइटम गीत गाइन् । त्यसकारण उनलाई मेलोडीयसभन्दा आइटम गीत गाउनमै बढी अफर आउन थाल्यो । भनिन् “तर मलाई मेलोडीयस गीत गाउन बढी मन लाग्छ । छाडी गए पाप लाग्ला मा मैले निदाउ म सपनीमा आउला… बोलको मेलोडीयस गीत गाएकी छु, बहुत राम्रो छ । मलाई लाग्छ, त्यो गीत बजारमा आएपछि मलाई मेलोडीयस् गीत गाउने अबसर अझै मिल्छ कि ?”

 

राष्ट्रिय, आधुनीक तथा फिल्मका गरी अहिलेसम्म ३०० भन्दा बढी गीत गाइसकेकी पुष्पालाई फिल्मी गायनमा संगीतकार सुरेश अधिकारी, शम्भुजीत बाँस्कोटा, महेश खड्का तथा चेतन सापकोटाले ठूलो साथ दिएको बताउँछिन् । दिनमा तीनवटासम्म गीत रेकर्ड गर्ने लगन जुरे तापनि “स्वर बिग्रिएर गीत स्तरिय बन्दैन की भनेर दुइटासम्म मात्र रेकर्ड गरेकी छु” भन्ने पुष्पालाई अरू भन्दा फिल्मी गायनमै जम्ने इच्छा छ रे । किन होला ?

 

 तनहुँ,खैरेनीटारको श्रीराम चलचित्र मन्दिरको मालीककी छोरी पुष्पालाई सानैदेखि आफ्नै हलमा हेरेका फिल्मको छाप परेको पनि हुन सक्छ । तर, उनी यही कारणले फिल्मी गायनमा लागेको भने मान्दिनन । भन्छिन्, “यही कारणले नै त होइन तर, केही छाप भने परेको हुनसक्छ ।”

 

सानैदेखि स्कुलका कार्यक्रममा गीत गाउन कस्सिहाल्ने पुष्पा दीपक लिम्बू, जगदिश समाल, सत्य-स्वरुप आचार्यको स्वर मन पराउछिन् । नेपाली तारामा भाग लिएर सातौ स्थानमा परिरहेको बेलामा एक्कासी पिनास भएर नगाइकन निस्कनु पर्दा उनको मन अमिलो भएछ । “त्यो पीडा गीतै लागेर सान्त पर्ने कोशीस गरिरहेकी छु ।”

 

 पुष्पा भन्छिन् । जिन्दगीको सपना के रै छ त पुष्पाको – भनिन्, “अहिलेको पहिलो सपना भनेको जसरी हुन्छ डिस्टीङ्सन मार्क्स ल्याएर एमबीए सिद्धयाउने । अनि गायनमा पूरा दिमाग कन्सन्ट्रेट गर्ने । यता भएन भने सामाजीक क्षेत्रतिर लाग्ने । राम्रै भयो भने गायनमै जम्ने ।”

मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकारले मुलुकको विद्यमान समस्या समाधान गर्न नसक्ने दावी गर्नु भएको छ ।

कार्यकर्ता भेटघाट कार्यक्रममा भैरहवा पुगेका अध्यक्ष उपेन्द्र यादवले आज बिहान त्यहाँ आयोजित पत्रकार सम्मेलनमा संविधान मिचेर संविधान बनेकाले त्यसले सुशासन कायम गर्न नसक्ने ठोकुवा गर्नु भयो । स्वायत मधेस एक प्रदेश प्रति सरकारले ध्यान नदिएर जालझेल गरेको उल्लेख गर्दै उहाँले त्यसको मधेस आन्दोलन गरेर भएपनि आफ्नो अधिकार लिई छाड्ने चेतावनी दिनु भयो । एकीकृत नेकपा माओवादीले कब्जा गरेको सार्वजनिक सम्पति र निजी घरजग्गा फिर्ता गरी वाइसिएल र युथफोर्सलाई एकीकृत नेकपा माओवादी र नेकपा एमालेले अनुशासित बनाउनु पर्ने यादवको भनाई थियो ।

यता यादव र गुप्ताको सुरक्षाको लागि भैरहवामा ठुलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ । यादव र गच्छदारपक्षबीच झडप हुन सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

सदन अवरुद्ध गरेर मओवादिले जनादेशको खिल्ली उडायो – प्रधानमन्त्रि

प्रधानमन्त्रि माधवकुमार नेपालले व्यवस्थापिका संसदको बैठक लगातार अवरुद्ध गरेर एकिक्रित माओवादिले जनादेशको खिल्ली उडाएको बताउनुभएको छ ।

काठमाण्डौंको गोठाटारमा गान्धि स्मारक माध्यमिक विद्यालयको भवन हस्तान्तरण कार्यक्रमलाई आज विहान सम्बोधन गर्दै प्रधानमन्त्रि नेपालले जनताको सर्वोच्च संस्था संसद अवरुद्ध गरेर राजनीतिक सहमतिमा पुग्न नसकिने बताउनुभयो । उहाँले राष्ट्रपतिले असंवैधानिक कदम चालेको भन्नेमा सरकार र आफ्नो पार्टि सहमत नभएको बताउदै नागरिक सर्वोच्चताको बारेमा छलफल गर्न आफु तयार रहेको बताउनुभयो । नयाँ संविधान लेख्न र शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन माओवादिलाइ पनि सरकारमा सहभागि हुन प्रधानमन्त्रि नेपालले आग्रह गर्नुभयो ।

Posted by: ऐत राज तुम्रोक | June 27, 2009

देउराली मा गुराँस फुलेको..Bishnu Majhi, Raju Pariyar.

देउराली मा गुराँस फुलेको..Bishnu Majhi, Raju Pariyar.

« Newer Posts - Older Posts »

Categories