हङकङ, डिसेम्बर २५ का दिन किरात राई यायोक्खा हङकङको आयोजनामा साकेला सिली प्रतियोगिता काउलुन पार्कको पियाजामा सम्पन्न भयो । बिगतका दिनहरुमा ताइमोशान कन्ट्रिपार्कमा आयोजना गरिने यस प्रतियोगिता यसवर्ष हङकङको मध्य शहरको माझमा सम्पन्न भएकोले दर्शक दिर्धाको अत्यान्तै राम्रो उपस्थिती रहेको थियो ।प्रतियोगितामा सहभागी कलाकारहरु किरात राई भेष भुषामा सजिएका थिए भने ढोल झ्याम्टाको तालमा साकेला गीतका साथ नाचेका थिए । यसको अलवा किरात राईहरुको कर्मकाण्ड गर्ने धामीको अभिनय पनि प्रस्तुत गरिएको थियो । जम्मा चारवटा टिमहरुले सहभागिता जनाएको यस प्रतियोतामा गैर राईहरुले पनि साकेला नृत्यमा भागलिएको थियो । खोटांग समाज हंगकंग
खोटाङ समाज हङकङ, किरात राई चाम्लिङ खाम्बातिम हङकङ, भोजपुर समाज हङकङ र किरात साम्पाङ्ग राई जुम्लेखा हङकङले सहभागिता जनाएको यस प्रतियोगितामा किरात राई चाम्लिङ् खाम्बातिम हङकङ प्रथम र भोजपुर समाज हङकङ दोश्रो भएको थियो । भेषभुषा तर्फ किरात साम्पाङ राई जुम्लेखाकी रेणुका राईले उत्कृष्टताको पुरस्कार जितेकी थिइन भने उत्कृष्ट नृत्य वापत खोटाङ समाजको तर्फबाट नाचमा भागलिने पात् हृयङ् प्राइमरि स्कुलकी सोनी गुरुङले पुरस्कार जितेकी थिइन ।भोजपुर सेवस समाज हंगकंग
किराया हङकङका उपाध्यक्ष किसन राईद्धारा सञ्चालित उक्त कार्यक्रममा यायोक्खाको तर्फबाट भुवन राई निर्णायक मण्डलमा रहनु भएको थियो ।साम्पाङ जुम्लेखा
बाँकि निर्णायकहरुमा किरात राई चाम्लिङ खाम्बातिमको तर्फबाट हेजेन राई, खोटाङ समाजको तर्फबाट देबिदाश राई, किरात साम्पाङ्ग राई जुम्लेखाको तर्फबाट तेज कुमार राई र भोजपुर समाजको तर्फबाट झण्डा राई रहनु भएको थियो । यसरी प्रत्येक प्रतियोगि टोलीले आफ्नै निर्णायक मण्डल राख्ने ब्यावस्था भएपनि मुल्याङ्गण गर्दा आफ्नो टोलीलाई भने अंक दिन नपाइने प्रावधान थियो । यसबाहेक २० प्रतिशत अंक बराबरीको मुल्यांकण भने उपस्थित दर्शकहरुको तर्फबाट मतदानको आधारमा गरिएको थियो । मतादानमा सबैभन्दा धेरै मत भोजपुर समाज हङकङले प्राप्त गरेको थियो भने दोश्रो धेरै मत किरात साम्पाङ्ग राई जुम्लेखा हङकङले प्राप्त गरेको थियो।स्मरण रहोस किरात यायोक्खाले गत १३ तारिक ताईमोशानमा साकेला उधौली सम्पन्न गरेको थियो।
चाम्लिङ खाम्मातिम हंगकंग
Posted by: ऐत राज तुम्रोक | December 29, 2009
हङकङमा साकेला सिली प्रतियोगिता भब्यताकासाथ सम्पन्न
Posted in Uncategorized


प्रतिकृया