Posted by: ऐत राज तुम्रोक | December 29, 2009

हङकङमा नेपाली सांस्कृतिक शोभा यात्रा भब्यताकासाथ सम्पन्न

नेपाली भाषा र साहित्य र संस्कृतिको उत्थानको लागि बिगतका २००५ साल देखि लागी परेको नेपाली कला मन्दिरले प्रत्येक वर्षमनाउदै आएको नेपाली सप्ताह यसवर्षपनि डिसेम्बर २४ देखी डिसेम्बर ३१ सम्म मनाई रहेको छ । यसै क्रममा आज २७ तारिकको दिन विभिन्न नेपाली समुदायको सस्कृती झल्कने सास्कृतिक झाकी सहितको सास्कृतिक सोभा यात्रा युनलोङमा भब्यताकासाथ सम्पन्न भयो ।

युनलोङको घडिपार्कबाट शुरु भएको सो सोभा यात्रामा हङकङका बिभिन्न बिद्यालयमा अध्यानरत बिद्यार्थिहरु, नेपाली भेष भुषामा सजिएका महिला तथा पुरुष अविभावकहरु उल्लेखनिय सख्याँमा उपस्थिती रहेको थियो । शोभा यात्रामा सस्थातग तर्फबाट किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, भोजपुर समाज, गोर्खा भुतपुर्व सैनिक संगठन हङकङ, हेवेन्ली पाथ, हङकङ नेपाली फुटवल संघ लगायतका रहेका थिए भने नेवार समाजले लाखे नाँच सहित संस्थागत रुपमा उपथिस्ती जनाएको थियो । गतसाल जस्तो अरुणा लामाको राष्ट्रिय गीत “नेपाली… गौरव गर्र्छौ हामी आफ्नै…” मात्र घन्किएको थिएन हेवन्लीपाथ र इशाइहरुको स्वर्गिक मार्ग सम्बन्धी गीत पनि गुन्जी रहेको थियो । नेवार समाजको लाखे नाँच भने स्थानिय चाइनिज लगायत सम्पूर्ण नेपाली तथा अन्य विदेशीहरुको लागि समेत सबैभन्दा आकर्षाको केन्द्र बिन्दु बनेको थियो । सिमसिमे पानीले शोभा यात्रालाई केहि असुविधा पार्न खोजे पनि जनमानसको उपस्थितीको उत्साहमा कुनै कमी आएको थिएन । अगाडि पछाडि हङकङ पुलिसले स्कटिङ दिइ रहेको त्यो हजारौको जुलुस भित्र बसेर हेर्दा हामीलाई लाग्थ्यो यो नेपालकै कुनै भाग हो ।

शोभा यात्रा पछि युनलोङ थिएटर हलमा नेपाली कला र सस्कृतीका अनेकौ आयमहरुलाई समेटिने गरि तयार पारिएको कार्यहरु प्रस्तुत गरिएको थियो । नेपाली कला मन्दीरका अध्यक्ष एकराज राईले हालमा हामी नेपालीहरुको हङकङको अवस्था र हामीले चाल्नु पार्ने कदमहरुको बारेमा केही कुरा राख्नु भएको थियो । हामी नेपालीहरुको भाषामा नेपालीमा यहाँका हङकङको प्राइमरी तह देखी विश्व विद्यालयसम्म पढाइ हुन पाउनु पर्ने कुरामा हामी लागी पर्नु पर्दछ यसको लागी हामीले यहाँ हङकङको आधारभुत कानुनमा उल्लेखीत अल्पसंख्यक जातिले पनि जिल्ला परिषदको निर्वाचनमा भागलिन पाउने ब्यावस्था अनुसार आवस्यक परे चुनावमा उठ्नु पर्ने अवस्था पनि आउन सक्छ भन्दै यस निर्वाचनलाई उपयोग गरेर हाम्रो प्रतिनिध त्यहाँ पठाउन सकियो भने मात्र हामीले हाम्राकुराहरु सम्बन्धित ठाउँमा पुर्याउन सक्छौं भन्नु भयो ।

यसपछि शुरु भयो सदा भन्दा अलि छुट्टै , अली बेगल प्रकृतीको देवराज राईको पार्श्व उद्धोषण भएको कार्यक्रम । चार हजार वर्षअगाडिको मानव बिकाश क्रममा भएका विभिन्न उताव चडावको घटनाहरुको श्रृंखलाहरुको सम्क्षीप्त उल्लेखकासाथ नेपालमा पृथ्वी नारायण शाहको उदय, राणा शाषणको विरुद्धको लडाइलाई समेत समेटिएको थियो । दोश्रो बिश्वयुद्ध र यसको भयवह दृष्यहरु, खुडा र तरवारको सहारामा नेपालीहरु आधुनीक हतियारले सुसज्जीत अंग्रेजहरुसँग लडेको कथा बिभिन्न बिद्यालयको बिद्यार्थिहरुद्धारा एकांकी नाटकको रुपमा प्रस्तुत गरिएको थियो । नेपालको लुम्बीनीमा एसियाको तारा गौतम बुद्धको जन्म तथा उनले दिएको शान्तिको सन्देश र तनहूको चुदी रम्घामा एउटा गरिव घाँसीको उपदेशले भानुभक्तले कसरि रामायण लेख्ने प्ररणा पाए भन्ने कुरा पनि बिद्यालयका बिद्यार्थिहरु द्धारा एकांकी नाटकद्धारा नै प्रस्तुत गरेर कार्यक्रमलाई रोचक र जानकारि मुलक बनाइएको थियो ।

इष्ट इन्डीया कम्पनीको नामले भारतमा शासन गरि रहेका अग्रेजसँगको युद्धमा नेपालको हार भएपछि भएको सुगौली सन्धी अनुसार नेपालले गुमाउनु परेको हालको करिब आधा जति भुभागलाई पनि देखाइदा भने हामी नेपाली अर्काकालागि मात्र बीर हुनु परेको आभास हुनका साथै एउटा खाटा बसेको घाउ कोट्याएझै लाग्दथ्यो ।

लिम्बु जातीको च्याब्रुङ, राई जातीको साकेला, गुरुङ जातीको नाँच, नेवार जातीमो लाखे नाँच, हिन्दु महिलाहरुको बालन जस्ता जातीय नाँचहरुको अलवा अन्य नृत्यहरु प्रस्तुत गरिएको थियो भने बिद्यार्थिहरुद्वारा नेपाली भाषामा आ-आफ्ना रचनाका कविताहरु पनि वाचन गरिएको थियो ।

-आलोपालो डटकमको अनुसारः

२८ डिसेम्बर सोमबारका दिन चीन सरकारलाई हङकङका अल्पसंख्यक जातिहरुको सरोकारका विषयमा ज्ञापनपत्र बुझाइने भएको छ । २९ डिसेम्बर मंगलबार हङकङ सरकारप्रमुखलाई ज्ञापनपत्र , ३० डिसेम्बर बुधबारका दिन अलसंख्यकवर्गको भाषा, साहित्य र संस्कृतिको संरक्षण र सर्वर्धनबारे राज्य को उत्तरदायित्व र कर्तव्यबारे युएनलाई ज्ञापनपत्र बुझाइने छ । ३१ डिसेम्बर बिहीबारका दिन हङकङका विभिन्न विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको नेपाली भाषा, साहित्य, कला तथा संगीतबारे प्रतियोगित्मक संगोष्ठी गरिने भएको छ ।

नेपाली सप्ताहको आयोजना हङकङ नेपाली कला मन्दिर तथा यसको संयोजन हङकङ नेपालीज फाउण्डेशनले गरेको छ ।


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.