Posted by: ऐत राज तुम्रोक | November 30, 2009

कतार नेपाली एकता समाजको वनभोज कार्यक्रम सम्पन्न

यही २७।११।२००९ का दिन कतारको चर्चित गार्डेन अल्खोर पव्लिक गार्डेनमा पूर्व मेची देखि पश्चिम माहाकाली सम्मका ५०० जना मजदुरहरुको उपस्थितिमा कतार नेपाली एकता समाजको वनभोज कार्यक्रम भव्य एवं शानदार रुपमा सम्पन्न गरेको छ। यति धेरै जना सम्मित वनभोज कतारको इतिहासमा नेपालीहरुले आयोजना गरेको पहिलो भएको कुरा वनभोजमा उपस्थित सबै बाट सुन्न सकिन्थ्यो। कतार नेपाली एकता समाजले अन्तरिम संविधानमा तेस्रो पटक संशोधन गरि भारतिय दलालहरुको गुरु योजना मुताबिक नेपालमा संघीयता लागु गर्ने जुन अभ्यास भैरहेको छ, जुन खेल खेलिदै छ, त्यसको सशक्त बिरोध गर्दै आएको छ। कतारमा भएका मजदुरहरुको सम्स्या समाधान गर्ने राहत संकलन गर्ने, क्षेतिपूर्ति दिलाउने काममा पनि कतार नेपाली एकता समाज अग्र स्थानमा छ। यिनै बिभिध कारणले गर्दा कतार नेपाली एकता समाज यहाँको सबै भन्दा सशक्त संस्था भएको हुन सकेको हो।

वनभोज कार्यक्रको शुरुमा यस कार्यक्रमा सहभागी सबैलाई खाजाको व्यबस्था गरिएको थियो भने त्यसको लगत्तै रक्तिम सास्कृति कलाकारहरुले पूर्व बग्ने सुनकोशी पश्चिम बग्ने भेरी नामको जनबादी संगीत द्वारा मनोरञ्न गराएका थिए भने अन्तराष्ट्रिय एकता समाजका माहासचिप राजेन्द्र श्रेष्ठ ले चुट्किला बाचन गरि सबैलाई हँसाउन सफल हुनुभएको थियो। यही हाँसो सँगै कार्यक्रममा सहभागी अतिथीहरुको आसन ग्रहण गराइएको थियो। कतार नेपाली एकता समाजका केन्द्रिय सभापतिको अध्यक्षता, केन्द्रिय सचिपालय सदस्य टोपलाल भुषालको सञ्चालन अघि बढेको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथी तथा सहभागी सबैलाई आजोजकको तर्फ बाट सचिपालय चन्द्र बहादुर नेपालीले स्वागत गर्नुभएको थियो स्वागतकै क्रममा उहाँले पनि रनजनैतिक ब्याङ्यात्मक चु६किला सुनाउनु भएको थियो र दाङ देउखुरी बेला गा.वि.स. वाड नं २ का कमल बहादुरको आफन्तले आफू सँग कमल बहादुर ओलिको उपचार खर्च जुटाइदिन आग्रह गरेको कुरा पनि जानाकारी गराउनु भएको थियो। पिडीत ओली २४ मे २००९ मा कार दुर्घटनामा पर्नुभएको र उहाँको पिसाब थैली नै बाहिर निस्केको, कम्पनीबाट यस अघी नै राम्रो काम र शुविधाको खोजीमा भागी सक्नुभएको र आर्थिक स्थिति कमजोर भइ उपचार खर्च जुटाउन नसकैको भनि निवेदन भर्खरै आफू सँग आएको जानाकारी गराउनु भएको थियो। त्यसपछि रक्तिम कलाकारहरुले स्वगत छ हाम्रा पाउनालाई भन्ने बोलको गीत र संगीत द्वारा स्वगत गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी अन्तराष्ट्रिय एकता समाजका माहासचिप राजेन्द्र श्रेष्ठले यस कायक्रमा सहभागीहरु ७५ वटै जिल्ला, केही जाती जनजातीलाई छोडेर सम्पूर्ण जाती र धर्मालम्वी एक ठाउँमा छौ र नेपाली एकाता समाजले संघीयताको बिरोध गर्नुको कारण पनि यही हो हामी सधै एक हुनुपर्छ र हामी जातीको नाममा क्षेत्रको नाममा विभाजित हुनु हुँदैन। अधिकार विहिनलाई अधिकार दिनुपर्छ केन्द्रमा केन्द्रित सम्पूर्ण अधिकारलाई स्थानिय तह सम्म पुर्याउनु पर्छ यसको लागी संघीयताको आवश्यक छैन। यो सबै काम पूर्ण बिकेन्द्रीकरणमा आधारित तथा स्थानिय स्वशासन सहितको एकात्मक राज्य प्रणाली बाट नै गर्न सकिन्छ र नेपाल र नेपालीको लागी संघीयता आवस्यक छैन। अहिले नेपनललाई संघीयतामा लैजानु भनेको पृथ्वीनारायण शाहले एकिकरण गर्नु पूर्वको २२/२४ राज्यमा विभाजन गर्नु मात्र हो भन्नु भयो। कतारमा कतार नेपाली एकता समाजले गर्ने गरेका समाजिक, राजनैतिक कार्यको प्रशंशा गर्दै यति अझै पुगेको छैन कतार नेपाली एकता समाज अझ सशक्त बन्नुपर्छ र कतारमा रहेका सम्पूर्ण नेपालीहरुको अभिभावक बन्न पर्छ भन्नु भयो। 

नेपाली प्रवासी सम्पर्क मञ्च दोहा कतारका छविलाल बिश्वकर्माले कतार नेपाली एकता समाले कतारमा रहेका सम्पूर्ण नेपाली हरुमाथि परेका समस्थालाई मात्र होइन नेपाको फोहोरी राजनीति प्रति पनि कतार बासी नेपालीलाई सचेत बनाउदै लगेको छ र आज पूर्व मेची देखि पश्चिम माहाकाली सम्मका यति धेरै नेपालीको बिचमा पहिलो पटक उभिने अवसर दिएकोमा कतार नेपाली एकता समाजलाई हार्दिक धन्यबाद दिनुभएको थियो। साथै नेपालको राजनैतिक खेलका कारणले समयमा नै संविधान नबन्ने त होइन भन्ने प्रश्न उब्जिन थालेकोले हामीले प्रवास बाटै भएपनि आ-आफ्नो समयमा नै संविधान बनाउनको लागी दबाद दिनु आवस्यक छ भन्नुभयो। भाषण भन्दा पनि मनोरञ्जनलाई प्राथमिकता दिइएको उक्त कार्यक्रममा रक्तिम कलाकारहरुले सुर्खेतैको बुलबुले ताल, घमाइलो भैयो भेट साह्रै नै रमाइलो, प्रदेशी नेपाली, र देश जान थाल्यो टुक्रा- टुक्रा परेर उठ देश भक्त हातेमालो गरेर जस्ता जनबादी गीत संगीत द्वारा मनोरञ्जन गराउदा दर्शकहरु बिच बिच बाट उठेर नाचेका थिए। वनभोज कार्यक्रम साच्चिकै मनोरञ्जन पूर्ण बताबरणमा सम्पन्न भएको र यस्तो वनभोज जिवनकै पहिलो भएको प्रतिक्रया सहभागीहरुले दिनुभएको थियो।




Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.