Posted by: ऐत राज तुम्रोक | October 19, 2009

दोहामा दिपावली सांगीतिक साँझ भव्यताका साथ सम्पन्न

dohaभोजराज श्रेष्ठ
दोहा/कलाकारहरुको योगदान राष्ट्रको पहिचानको मुल नाराका साथ खोलिएको अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ दोहा कतारले डिएन मगरको सभापतित्व नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्काको प्रमुख आतिथ्यमा आईसीसी हल दोहामा १६ अक्टोवर सुक्रवारका दिन नेपालीहरुको महानचाड तिहारको उपलक्ष्यमा दिपावली सांगीतिक साझ भव्यताका साथ सम्पन्न गरेको छ । 

पाँच चरणमा विभाजन भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक प्रविण राईले पहिलो चरणको कार्यक्रममो संचालन गरेका थिए भने विभिन्न कलाकारहरुको परिचयका साथसाथै उक्त कार्यक्रममा प्रमुख अतिथि साथै अन्य अतिथिहरुवाट दिप प्रज्वलन गर्दै व्यानर अनावरण गरेका थिए भने सो कार्यक्रममा विभिन्न संघ संस्थाबाट प्रतिनिधित्वका साथै व्यावसायी समाजसेवी विद्धान कलाकार साहित्यकार पत्रकारहरुको ठूलो उपस्थिति रहेको थियो । सो क्रममा नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्काले स्वदेश तथा विदेशमा रहने नेपालीहरुलाई नेपालीहरुको महान पर्व तिहारको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तैगरी सोही  कार्यक्रमलाई स्पोन्सर गर्नुभएका भारतिय नागरिक गणेश श्रीनिवासनले नेपालीहरुको मात्र नभएर भारत लगायत अन्य केही देशमा पनि दिपावलीको रौनक रहेको पाईन्छ भन्दै सम्पूर्ण नेपालीहरुलाई शुभकामना साथै वधाई ज्ञापन गर्नुभएको थियो भने आउने दिनमा पनि नेपाली भाईहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको थियो ।यो कर्मभूमिको आगनमा………भन्ने श्वदेश गानबाट पहिलो चरण समाप्त भएको थियो । 


त्यस्तैगरी दाश्रो चरण अन्र्तगत तिहारै आयो लौ झिलिमिली भन्ने गीतको नृत्यले गाउँघरको सम्झना दिलाएको थियो सो चरणमा सन्ध्या ग्रुपको वाह्विसे माथी तातोपानी  र मुग्लानी सिर्जना कलाकेन्द्रको गोठमा हेर् यो भैसी छ भन्ने गीतको नृत्यले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए भने दोश्रो चरण वविन राईले सचालन गर्नुभएको थियो ।


उक्त कार्यक्रमको  तेश्रो चरणमा साली भेनाको नातामा  ठट्टा गर्दै  लाईभ प्रस्तुती लिएर डिएन मगर र कल्पना गुरुङ्गले दर्शकहरुको मन खिच्न सम्म खिचेका थिए । सो चरणमा दुई थोपा आशु नर्झानु माईती  सम्झेर चेलीलाई वोलको गीत गाएर ईन्दु लावर र चण्डि तामाङको गीतले साच्चै हरेक माईती र चेलीको मन रुवाएको थियो । विभिन्न लोकलय आधुनिक चलचित्र तथा पप गीतका साथै तिहारको मंगलधुनले कार्यक्रमलाई अझ तिहारमय वनाएको थियो ।


 चौथो चरणमा भने कमेडी नृत्यहरुले दर्शकहरुलाई पेट मिचिमिची हसाएका थिए । भने सोही क्षणमा प्रविण राईको नाटकले भने दर्शकलाई भावुक बनाउदै अन्तिम चरण प्रवेश गरेको थियो । अन्तिम चरण अन्र्तगत डिवी ग्यावकको कसरी भनु…… भन्ने ट्रयाक गीत सँगसँगै मीठो स्वर कि धनी भारतिय चेली लिला कुर्देशियाले माथी माथी सैलुङ्गेमा र गोठालो जादा लाएको माया भन्ने वोलको गीत गाएर दर्शक दिर्घालाई मोहित पारेकी थिईन भने उनी नेपाली गीत गाउनमा प्रखर पनि मानिन्छिन् । त्यस्तैगरी तिहारको द्यौसी प्रस्तुत गर्दै संस्थाका अध्यक्ष डिएन मगरले कलाकारहरु मात्र नभएर दर्शकहरुलाई पनि द्यौसी खेलाएका थिए । सोही क्रममा तिहारको रमझम सगसगै दोहोरी गीत पस्कदै वाल बिक्रम थापा  ईन्दु लावर चण्डी तामाङ्ग र कल्पना गुरुङले दर्शकलाई भरपुर मनोराजन गराउदै कार्यक्रम समापन भएको थियो ।
 
सो कार्यक्रम सन्ध्या ग्रुप मुग्लानी सिर्जना कलाकेन्द्र फ्यामिली ग्रुप गोधुली साँझ सरगम संगीत तथा आरम्भ नाट्य डवलीको सामुहिक प्रस्तुतीमा भएको सो प्रस्तुतीमा लक्की ड्र र सम्पूर्ण स्पोन्सरसीपहरुको व्यानरमा आधारित कर्मसियल विज्ञापन अन्र्तगतको  नाटक पनि प्रस्तुत गरिएको थियो । 


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.