Posted by: ऐत राज तुम्रोक | August 18, 2009

हङकङमा १५ औं विश्व आदिवासी दिवस सम्पन्न

adibashi1[1]आज अगष्ट ९ का दिन गर्ल गाइडस एसोसिएसनको सभा हलमा आदिवासी जनजाति महासंघ हङकङको आयोजनामा १५औं विश्व आदिवासी जनजाति दिवस भव्यताकोसाथ सम्पन्न भएको छ ।

दुई चरणमा विभक्त उक्त कार्यक्रमको पहिलो चरणको कार्यक्रम महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपालबाट आउनुभएका जनजाति महासँघका संस्थापक केन्द्रीय महासचिव, नेकपा एकीकृत माओवादीका पोलिटब्युरो सदस्य तथा सभासद सुरेश आलेमगर प्रमुख आतिथि रहनुभएको उक्त कार्यक्रममा अष्ट्रेलिया, भिक्टोरियाका लागि नेपली राज्दूत योगेन्द्र योन्जन, भखरै सचिव पदमा पदोन्नति हुनुभएका हङकङ स्थित नेपाली महावाणीज्यदूतावासका महावाणिज्यदूत केशवप्रसाद भट्टराई, हङकङ नेपाली महासँघका अध्यक्ष हेम लिम्बू विशेष अतिथिको तथा यहाँका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा रहनु भएको थियो ।

महासंघका उपाध्यक्षको स्वागत मन्तब्यपछि भक्तबहादुर दुरा, योगेन्द्र योन्जन, केशवप्रसाद भट्टराईले आआफ्नो शुभकामनाका मन्तव्य राख्नुभएको उक्त कार्यक्रमा प्रमुख अतिथि सभासद सुरेश आलेमगरले आदिवासी जनजातिबारेमा विस्तृत रुपमा मन्तव्यको क्रममा चर्चा गर्नु भएको थियो । आफ्नो वाहुनवादविरुद्धको विचारहरुले गर्दा मिडियाहरुले एक किसिमले वहिस्कार गरेको भन्ने आलेमगरले जातीय आधारमा संघीयतामा जानु नै नेपालको परिवेशमा उत्तम रहेको बताएका थिए । सघीयताको प्रारुपहरुको बारेमा विस्तृत धारणा राख्दै संघीयताले देस टुक्रन्छ भन्नु नेपालका आदिवासी जगजातिहरुलाई अझै राज्यसत्ताबाट अलग राख्न खोज्ने चाल भएको बताउनु भएको थियो ।

हरेक वर्ष जस्तै यो साल पनि जनजाति महासँघ हङकङले हङकङका विभिन्न क्षेत्रमा जनजातिका तर्फबाट समाजमा योगदान दिने व्यक्तित्वहरुबाट वर्ष पुरुष किसन राई तथा वर्ष चेलीमा ईच्छा कुमारी गुरुङलाई घोषणा गरिएको थियो । घोषणा गरिएका बर्ष पुरुष र चेलीलाई प्रमुख अतिथि आलेमगरबाट फेटा, खादालगायत प्रशंसापत्र प्रदान गरेको थियो । सम्मानित भएपश्चात् वर्ष पुरुष किसन राई तथा वर्ष चेली ईच्छा कुमारी गुरुङले भविष्यमा समाजका लागि अझै राम्रो गर्दै जाने वचनवद्धता दर्शाएका थिए ।

पहिलो चरणको औपचारिक कार्यक्रमको समापनपछि दोश्रो चरणमा राई, लिम्बू, नेवार, गुरुङ, मगरहरु, दुरा लगायतका आदिवासी जनजाति बाट आआफ्नो संस्कृति झल्किने किसिमको पारम्परिक जातीय नृत्यहरु साकेला सिली, च्याब्रुङ नृत्य, लाखे नाच, कृष्ण चरित्र, कौरा नृत्य आदि प्रस्तुत गरिएको थियो । सँधैकै जस्तै यो साल पनि उक्त कार्यक्रम स्थलमा विभिन्न जातीय साँस्कृतिकता झल्काउने किसिमका कालान्तरदेखि नियमित प्रचलनमा आउँदै गरेका भाँडाकुँडालगायत वाद्यवादनका यन्त्र तथा सरसामानहरु पनि प्रदर्शनीमा राखिएको थियो ।


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.