Posted by: ऐत राज तुम्रोक | August 18, 2009

मगर संघ हङकङको १२ औ बाषिर्क उत्सव सम्पन्न

nepalipress973737[1]गजबाहादुर गुरुङ

हङकङ:१६ अगष्ट २००९ मगर संघ हङकङले १२ औ बाषिर्क उत्सव मंकीहिलमा
धुमधामका साथ मनाए ।
मगर संघ हङकङका अध्यक्ष एम बि थापामगरको सभापतित्वमा सम्पन्न उक्त
कार्यक्रमका प्रमुख अतिथी माननिय सभासद शुरेश आलेमगर,बिशेष अतिथीहरुमा
नेपाली माहासंघका हेम लिम्बु,डा नेत्र राना मगर, नेपाली आदीबासी जनजाती
माहासंघका भुपेन्द्र चेम्जोङ,एन आर एनका त्रिलोक गुरुङ हुनुहुन्थियो भने कार्यक्रम
सन्चालन सचिव लाला प्रसाद थापाले गर्नु भएको थियो ।
प्रमुख अतिथी सुरेश आलेमगरले पानसमा बत्ति बालेर कार्यक्रमको उत्घाटन गर्नु
भएको थियो भने संघका अध्यक्ष एम बि थापामगरले प्रमुख अतिथीलाई फेटा गुथाएर
उपहार दिनु भएको थियो । कार्यक्रममा मगर भेषभुषा र मगर सम्बन्धी पुस्तकको पनि
स्टल राखिएको थियो । कार्यक्रमको अन्तमा मगेर भेषभुषामा सजिएका युवा,युवतीहरुले
कौडा,सोरठी नृत्य प्रस्तुत गरेका थिए ।


Leave a response

Your response:

Categories