Posted by: ऐत राज तुम्रोक | July 23, 2009

कसको शालिक रहेछ त यो ?

3748884805_b51f0b278a[1]केही महिनाअघि यो शालिकको फोटो राखेर कसको हो भनेर अनुमान लगाउन लगाइएको थियो। लगत्तै यसको जवाफ राख्‍नुपर्नेमा सँगै भिडियो पनि राखौँला भनी बसेको थिएँ। तर भिडियो रहेको डीभी कता हरायो हरायो। आज फेला परेपछि फेरि यही फोटो र भिडियोका साथै जवाफ पनि राखेको छु।

के रहेछ त यो, हेर्नुस् भिडियोमा

धरान प्रवेशमार्गमा यो अनौठो शालिक देखेपछि हामीले सोधखोज गरेका थियौँ। त्यहीँ नजिकै रहेका एक सुरक्षाकर्मीले हामीलाई यसबारे जानकारी दिए। उनका अनुसार यो शालिक लिम्बु विभुति शिरिजंङ्गाको हो। १७ औँ शताब्दीको कुरा, त्यतिबेला लिम्बु लिपि, भाषा, शिरिजंगा र संस्कार-संस्कृति सम्पूर्ण लिम्बु समाजलाई नै भोटे समाज र बौद्घ धर्ममा विलय गराउन खोजिएको रहेछ। लिम्बुहरुलाई आफ्नो मातृभाषा लेखपढ गर्नसमेत प्रतिवन्ध लगाइएछ।

त्यस्तो कठोर समयमा ताप्लेजुङ जिल्लाको तेल्लोक गाउँमा त्येङसी शिरिजंङ्गा थेवे (इ. सं. १७०४)को जन्म भएको रहेछ। यिनले इ. सं. नवौँ शताब्दी शिरिजंगा प्रथमको पालादेखि लुकेर रहेका लिम्बु भाषा र किरात लिपिको कागजपत्रहरु खोजी खोजी पढ्न थालेछन्। हाल प्रचलनमा रहेको किरात लिपिको आविस्कार पनि यिनैले गरेका रहेछन्। यिनले यिनै पुराना कागजपत्रका आधार मानी लिम्बु भाषा (किरात लिपि) मा मुन्धुम साप्ला नामक किरात वेद लेखेछन्।

आफ्ना अनुयायीहरुका साथ किरात लिपि र लिम्बु भाषा साहित्यको खुब प्रचार गरेछन्‌ यिनले। त्यो पनि त्यस्तो खतराको बेला। प्रचारको क्रममा उनी सिक्किमसम्म पुगेका रहेछन्। घर-घर पुगी किरात लिम्बुहरुलाई आफ्नो भाषा, लिपि, धर्म संस्कार-संस्कृति र मुन्धुम पढाउन थाले। त्यसपछि लिम्बुहरुले बुद्घ धर्मग्रन्थ पढ्न छोडेछन्, गुम्बा धाउन छोडेछन्। सामाजिक लगायत कर्मकाण्ड, संस्कार-संस्कृतिहरु मुन्धुमको आधारमा गर्न थालेछन्। यो देखेर क्रुद्ध भएका भोटे राजाहरु र लामाहरुले यिनलाई सिक्किमको रेसी खोला र कलेज खोलाको काखको रुखमा बाँधेछन्। अनि बाँसको तिरले शरीरका ठाउँठाउँमा हानेर घाइते बनाएछन्। यसरी हान्दा पनि उनको प्राण गएनछ। तीन दिनसम्म कठोर यातना सहेर अन्ततः उनको मृत्यु भएछ।

लिम्बुहरु उनलाई एक महान पुरुष र विभूति मान्छन्। उनकै त्याग र बलिदानले किरात लिपी, किरात मुन्धुम र साथमा लिम्बू भाषा जोगिएको ठान्छन्। उनैको स्मृतिमा यो शालिक केही वर्षअघि मात्रै निर्माण गरिएको रहेछ।

नेपाल बहुजातीय, बहुभाषीय देश हो। लिम्बु दाजुभाइहरुको विभूति देखेर मनमा श्रद्धा जाग्यो। आफ्नो भाषा, संस्कृतिको लागि ज्यान दिने त्यागी शिरिजङ्गाको शालिकमुनि शिर निहुर्‍याएर हामी आफ्नो गन्तव्यतिर लाग्यौँ।


Responses

  1. Ait Raj Ji,
    I have a composition about my first Dharan Visit.
    It is a short essay of 2 page, titled ‘Dharan Man Paryo’. I like to join at limbusansar.

    What’s the way???

    Regards,
    Umesh


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.