अर्जुन दाहाल
२२ जुलाई २००९ दुबई
यूएइमा रहेका साहित्यीक संस्थाहरु एक हुनु पर्ने जोड दिदै १९६औं भानु जयन्ती मनाइयो यहि १७ जुलाई २००९ का दिन बरदुबईको एभरेष्ट इन्टरनेशनल होटलमा अन्तराष्ट्रिय साहित्यिक समाज यूएइ च्याप्टरले १९६ औं भानु जयन्ती मनाएको छ ।
यूएइमा नेपाली साहित्यको विकास गर्ने हेतुले यूएइमा रहेका नेपाली कविहरुविच भाइचाराको सम्बन्धलाई प्रगाढ पार्दै विभिन्न व्यक्तिहरुले कविता गजल गीत आदि वाचन गरेका थिए । कार्यक्रममा यूएइमा अस्तित्वमा रहेका विभिन्न संघसस्थाका प्रतिनिधि पत्रकार वुद्धिजीवि व्यवसायीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि यूएइकालागि नेपाली दूतावासका प्रथम सचिव लोकबहादुर पौडेल क्षेत्रीले साहित्यकालागि कुनै योग्यता तथा पेशा संग संलग्न नभएको र यो सवै तह तप्का र वर्गका व्यक्तिको साझा फुलवारी रहेको बताउदै शिक्षण पेशामा कार्यरत व्यक्ति महाकवि भएको उदाहरण दिनुभएको थियो ।
कार्यक्रमका अतिथी एवं नेपाल पत्रकार महासंघ सम्पर्क शाखा यूएइका अध्यक्ष जाकिर हुसैनले यूएइमा रहेका विभिन्न ४ साहित्यिक सस्थाहरु एक ढिक्का भइ विश्वलाई एउटा नमूना प्रस्तुत गर्न गरिएको आग्रहलाई स्विकार्दै सभापति पोख्रेलले यसको लागि विभिन्न पक्ष संग छलफल गर्ने र अनेसासमा समावेश हुन आग्रह गर्दै उपस्थित साहित्य प्रेमीहरुलाई शुभकामना तथा धन्यवाद दिनु भएको थियो ।

