Posted by: ऐत राज तुम्रोक | June 28, 2009

लौ अब भारतको सीमा नेपालीले मिच्यो रे

NEWS BY MY SANSAR लौ अब युद्ध सुरु भएछ। मिडिया युद्ध। नेपाली मिडियामा एकोहोरो भारतीय सुरक्षाकर्मीले नेपालीमाथि दुर्व्यवहार गरेको र सीमा मिचेको खबरहरु आइरहेका थिए। अब भारतीय मिडिया पनि प्रतिकार गर्न थालेका छन्। त्यो पनि आक्रामक रुपमा। आईबीएन च्यानलले निकै नै अतिरञ्जित रुपमा भारतको भूमिमा नेपाली झण्डा गाडेर २४ घण्टा कब्जा गरिएको खबर दिएको छ। भिडियो हेर्न भित्र आउनुस्-

भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुस्-

समाचारमा जनयुद्ध कालका माओवादी छापामारहरुले बन्दूक तेर्स्याउँदै गरेको दृश्य राखेर लौ अहिले नै भारतलाई आक्रमण गर्न आइहाले जस्तो बनाइएको छ। माओवादीलाई टिभीले रेड भाइरसको संज्ञा दिएको छ।

उनीहरुले लेखेको खबर हेर्नुस् त-

नई दिल्ली। नेपाल के रेड वाइरस यानि माओवादियों ने भारत की सीमा में घुसकर नेपाली झंडा फहरा दिया। यही नहीं वो 24 घंटे तक भारतीय जमीन पर काबिज रहे और इस दौरान माओवादियों ने सीमा को बताने वाले तीन पिलर्स को भी तोड़ डाला। रेड वाइरस के इस खतरे से सरकार अच्छी तरह वाकिफ थी। लेकिन माओवादी हमला करते रहे और प्रशासन चैन की नींद सोता रहा।
ऐसे में माओवादियों ने अपने खतरनाक इरादे जाहिर कर दिए हैं। पहले लाल सलाम ठोका, फिर भारत विरोधी नारे लगाए। भारतीय जमीन को अपना बताया और उसपर कब्जा करने की कसम खाई। रेड वाइरस का तांडव 24 घंटे तक चला और 24 घंटे तक माओवादियों ने भारतीय जमीन पर कब्जा जमाए रखा।
एसएसबी ने सूचना मिलते ही मौके पर कूच किया, झंडा कब्जे में ले लिए, तीन पिलर्स को क्षति पहुंचाई गई है। सुरक्षा की जिम्मेदारी एसएसबी को सौंपी गई है। नेपाल के डांग जिले से आए माओवादियों की तरफ से पिलर्स तोड़े गए हैं।
फिलहाल, नेपाली अफसरों से बात की जा रही है, भविष्य में ऐसा न हो इसलिये एसएसबी की टुकड़ी तैनात कर दी गई है।

समाचार पढ्नु भो त ? राम्रोसित हेर्नुस् त, यहाँ भारतको कुन ठाउँमा माओवादीले कब्जा गरियो भनेर नै लेखिएको छैन।

अझ नेपाली पत्रिकामा छापिएको समाचारलाई पर्चा छरेको भनिएको छ। अनि भिडियोलाई ध्यान दिएर हेर्नुस् त, त्यसमा लक्ष्मणपुर बाँध चाहिँदैन, नेपाल डुबाउन पाइँदैन भन्ने नारा लगाइएको छ। पक्कै यो लक्ष्मणपुर बाँधको विरोधमा नेपालको कुनै स्थानमा निकालिएको र्‍यालीको भिडियोलाई अप्रासं‍गिक रुपमा यो समाचारमा हालिएको हो। माओवादी छापामारका फाइल दृश्यलाई पनि त्यसै गरी प्रयोग गरिएको छ।

समाचार ट्विस्ट गर्न त उनीहरुबाट सिक्नु पर्ने बाब्बै !

यो समाचार आइतबार प्रसारण भएको हो र टिभीको साइटमा पनि आजै राखिएको छ। तर उनीहरु कै भाषामा रेड भाइरसले झण्डा गाडेको भनिएको स्थानको दृश्यमा भने सन् २००७ जनवरी १ लेखिएको स्पष्टै देखिएको छ। हेर्नुस् त-


Leave a response

Your response:

Categories