Posted by: ऐत राज तुम्रोक | June 27, 2009

समस्या समाधान गर्न सरकार सक्षम छैन् – यादव

मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकारले मुलुकको विद्यमान समस्या समाधान गर्न नसक्ने दावी गर्नु भएको छ ।

कार्यकर्ता भेटघाट कार्यक्रममा भैरहवा पुगेका अध्यक्ष उपेन्द्र यादवले आज बिहान त्यहाँ आयोजित पत्रकार सम्मेलनमा संविधान मिचेर संविधान बनेकाले त्यसले सुशासन कायम गर्न नसक्ने ठोकुवा गर्नु भयो । स्वायत मधेस एक प्रदेश प्रति सरकारले ध्यान नदिएर जालझेल गरेको उल्लेख गर्दै उहाँले त्यसको मधेस आन्दोलन गरेर भएपनि आफ्नो अधिकार लिई छाड्ने चेतावनी दिनु भयो । एकीकृत नेकपा माओवादीले कब्जा गरेको सार्वजनिक सम्पति र निजी घरजग्गा फिर्ता गरी वाइसिएल र युथफोर्सलाई एकीकृत नेकपा माओवादी र नेकपा एमालेले अनुशासित बनाउनु पर्ने यादवको भनाई थियो ।

यता यादव र गुप्ताको सुरक्षाको लागि भैरहवामा ठुलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ । यादव र गच्छदारपक्षबीच झडप हुन सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

सदन अवरुद्ध गरेर मओवादिले जनादेशको खिल्ली उडायो – प्रधानमन्त्रि

प्रधानमन्त्रि माधवकुमार नेपालले व्यवस्थापिका संसदको बैठक लगातार अवरुद्ध गरेर एकिक्रित माओवादिले जनादेशको खिल्ली उडाएको बताउनुभएको छ ।

काठमाण्डौंको गोठाटारमा गान्धि स्मारक माध्यमिक विद्यालयको भवन हस्तान्तरण कार्यक्रमलाई आज विहान सम्बोधन गर्दै प्रधानमन्त्रि नेपालले जनताको सर्वोच्च संस्था संसद अवरुद्ध गरेर राजनीतिक सहमतिमा पुग्न नसकिने बताउनुभयो । उहाँले राष्ट्रपतिले असंवैधानिक कदम चालेको भन्नेमा सरकार र आफ्नो पार्टि सहमत नभएको बताउदै नागरिक सर्वोच्चताको बारेमा छलफल गर्न आफु तयार रहेको बताउनुभयो । नयाँ संविधान लेख्न र शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन माओवादिलाइ पनि सरकारमा सहभागि हुन प्रधानमन्त्रि नेपालले आग्रह गर्नुभयो ।


Leave a response

Your response:

Categories