Posted by: ऐत राज तुम्रोक | June 27, 2009

एमाले र माओवादिबिच आजपनि छलफल हुने

व्यवस्थापिका संसदमा जारी गतिरोध अन्त्यका लागि राजनीतिक सहमति जुटाउने बारेमा छलफल गर्न आज प्रमुख सत्तारुढ एमाले र प्रमुख प्रतिपक्ष एकिक्रित माओवादिबिच छलफल हुदैछ ।

माओवादि र एमालेका प्रभावशाली नेताहरुबिच हिजो भएको बैठकमा आ-आफ्नो अडानका कारण निष्कर्षमा पुग्न नसकेकोले आजपनि छलफललाई निरन्तरता दिन लागेको जनाइएको छ । आजको बैठक अघि २ पार्टिबिच आ-अफ्नो दलभित्र आन्तरिक छलफल गरि सहमतिका बुदाहरु किटान गरिने जनाइएको छ । २ पार्टि बिच छलफलको समय भने तय भइनसकेको एमालेका मुख्य सचेतक भिम आचार्यले जानकारी दिनुभयो । विगत केहि साता यता सहमतिका लागि लगातार रुपमा प्रयास भइरहेता पनि दलहरुको छलफल निष्कर्षमा पुग्न सकेको छैन् ।


Leave a response

Your response:

Categories