यही आगामी पांच जुलाई २००९ का दिन नेपालका चर्चित कमेडी (हास्यब्यांङे )कलाकार मनोज गजुरेल ले बेल्जियममा रहेका प्रवासि नेपालीहरुलाई रहर पुग्नेगरी हसाउने भएका छन । प्रवासि नेपालीहरुको चाहना अनुसार हास्यब्याङे कार्यक्रम सहीत युरो टुर मा निस्कियका मनोज गजुरेलका साथमा नेपाली चर्चित VERSATILE SINGER सुगम पोखरेल र रिमिक्स गुरु डिजे राजु रहेका छन । बिभिन्न युरोपका छ वटा मुलुकमा कार्यक्रम प्रदर्सन गर्ने उद्यस्यले नेपाल बाट आउने उक्त कलाकारहरुको टोलिले ५ जुलाईमा बेल्जियमको एन्ट्वेर्पेन शहर REUZEN PORT TURNHOUTSEBAAN 110 - 2140 BOERGERHOUT मा दिनको ठीक तीन बजे कार्यक्रम प्रदर्सन गर्ने भएको छ ।
नेपाली लोक तान्त्रिक मंच बेल्जियमको आयोजनामा हुन गईरहेको उक्त मनोरन्जनात्मक कार्यक्रममा अत्यधिक प्रवासि नेपालीहरुले हांसेर स्वास्थ्य लाभ लिने अनुमान गरिएको छ । उक्त कार्यक्रमलाई सफल पार्न नेपाली लोक तान्त्रिक मंच बेल्जियमले बिभिन्न उप समितिहरु निर्माण गरेको छ । कार्यक्रमबाट बेल्जियम बासी नेपालीहरुलाई भरपुर खुशी पार्न एन डि एफ बेल्जियमका पचासौं जना आफ्ना संस्थाका कार्यकर्ताहरु स्वत:स्फुर्त परिचालित छन । प्रस्तुत कार्यक्रममा संस्थाले सबै दर्सकहरुलाई एक पटक फ्री पेय पदार्थको कुपनको ब्यवस्था गरेको छ ।
मनोज गजुरेलको साथ मा बिबिध सास्कृतिक कार्यक्रम सहित बेल्जियममा आयोजित युरोटुर २००९ को मुल आयोजक समिती एन डि एफ बेल्जियम र कार्यक्रम लाई भब्य सफल पार्न गठित उप समिती हरु यस प्रकार रहेका छन ।

प्रचार प्रसार उप समिती – संयोजक पुरुशोत्तम सुबेदी – ०४८६६२१३५६
सदस्य हरु ; गोपाल सिम्खडा – ०४८६१६१२२१ सि एन चौधरी ०४८५११२०२१
जितेन्द्र अधिकारि- ०४८४४२६८७
टिकट बिक्री बितरण उप समिती - प्रकाश कुमार कार्की – ०४७४२१५५६८
सदस्य हरु ; गोपाल सिम्खडा – सि एन चौधरी ( लुभेन )
हल ब्यबस्था तथा सजावट उप समिती – चन्द्र प्रकाश शर्मा – ०४८५५०३९९७
सदस्य हरु ;
खानपिन ब्यबस्था उप समिती - बुद्दी बराल
सदस्य हरु ;
यातायात ब्याबस्था उपसमिती – ०४८४६७६१७१ अर्जुन कुमार श्रेष्ठ
सदस्य हरु ;
अथिती सत्कार उप समिती - मुना के सि
स्व्यम सेवक परिचालन उप समिती - अर्जुन गुरुङ सदस्य हरु ;
अर्थ स्रोत संकलन उप समिती - कृष्ण न्यौपाने – ०४९४७१६०८१
सदस्य हरु ;
कार्यक्रम ब्यबस्था तथा संयोजन उप समिती - शिव बरुवाल – ०४९८१४५८०३ तथा अनुगमन उप समिती - ईन्द्र वली – ०४८८३६८४७३
हरेक संयोजकले आवश्यकता अनुसार आफ्नो समिती मा सदस्य हरु थप्न सक्नेछन ।
स्मरण रहोस् – बिशेष टेक्निकलको कारणले एन डि एफ बेल्जियम डट बे बन्द हुन गएको हुनाले यसलाई www. NDF belgium .com गरियको र पुरानो सामाग्री सबै अपलोड गरी नसकियको सेमत जानकारी गराउन चाहन्छौं ।
गन्तब्य पनि टुगियो तिम्रो पाइला नै नचाली।

