तिम्रो विश्वासमा मनको बह पोखेँ
तिम्रो मूल्य मनको तराजुमा जोखेँ ……
अपाङ्ग यो मनको बैशाखी नै थिएन
अधरले कहिल्यै मुस्कान नै पिएन ……..,
तिम्रो भरोशामा मनको कुरा खोलेँ
बेहोशिमा शायद के, के मैले बोलेँ ……,
उराठ यो दिलमा हरियाली थिएन
नजरले कह्ल्यै खुशी नै पिएन ………,
तिम्रो आगमनमा खुशी मैले छरेँ
रित्तो यो दिलमा इन्द्रेणी रङ भरेँ ………….,
तिम्रो विश्वाशमा ………………….,
(अमेरिका )


Nikkai din dekhi herirahechhu yo blog. Aru dherai utkrista sahityik rachanaharu ka sath aaunu hola. Diasporic Nepali literature ko euta phaltai itihas lekhinu pardachha. Uttari kshitij bata subhakamana.
http://www.bhutaneseliterature.wordpress.com
By: Ramesh on July 27, 2009
at 8:39 am