Posted by: ऐत राज तुम्रोक | June 20, 2009

माओवादीभित्र थप संघीय राज्यबारे नयाँ बहस

नयाँ संविधानमार्फत बनाइने भनिएको नयाँ नेपालमा १३ वटा संघीय राज्यको प्रस्ताव गरेको एकीकृत नेकपा माओवादीभित्र अब देशमा केही थप संघीय राज्य निर्माण हुनुपर्ने भन्ने बहस चर्किएको छ। तीन दिनदेखि राजधानीमा जारी माओवादीको पोलिटब्युरो बैठकमा त्यस्तो बहस imagesभएको एकजना माओवादी नेताले बताए।

संविधानसभामा बहसका लागि पेश गरिने संघीयता सम्बन्धी प्रस्ताव माओवादी पोलिटब्युरोले शुक्रबारको बैठकमा टुङ्गो लगाउने अनुमान गरिएको छ।

माओवादी नेता सीपी गजुरेलका अनुसार १३ वटा संघीय राज्यको प्रस्ताव गर्दै आएको माओवादी दल अब पूर्वमा शेर्पा र भोटे र पश्चिममा खसान र कर्णालीलाई समेट्ने गरि नयाँ संघीय प्रदेशको बहसमा उत्रिएको छ।
maoists_federal_proposal

‘संघीय प्रदेशहरु’

त्यसबारे पोलिट्ब्युरो सदस्य गजुरेलले भने, “नयाँ संघीय प्रदेशका कुरा आएका छन्। हामी त्यस विषयमा छलफलरत छौं।”

राज्यको नयाँ संघीय स्वरुपका विषयमा वरिष्ठ नेता बाबुराम भट्टराईले एउटा प्रतिवेदन पेश गरेको थिए।

हालैका वर्षहरुमा माओवादीले १४ अंचल ७५ जिल्ला र पाँच विकास क्षेत्रमा विभक्त नेपाललाई, पूर्वमा कोचिला देखि पश्चिममा भेरी-कर्णाली सहितका १३ वटा संघीय प्रदेश स्थापनागर्दै नयाँ स्वरुपमा ढाल्ने प्रस्ताव गर्दै आएको थियो।

तर जातियताको बहस चर्किएपछि कतिपय विज्ञ र दलहरुले बहुजातिय एवं बहुभाषिक नेपालमा समुदायहरुबीचको सदभाव खलबलिने र देशै विखण्डन हुनसक्ने सम्मका चेतावनी दिदैं आएका छन्।

तर नेता गजुरेलले माओवादीले जातीयताको आधारमा समुदायहरुलाई विभाजन गर्न नखोजेको बताए।

संघीयता संरचनामाथिको बहस सकिएपछि ४४ जना माओवादी उच्चनेताहरु रहेको पोलिटब्युरोले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ।

‘प्रचण्डको आलोचना’

सो प्रतिवेदनमा प्रचण्डले भावी दिनमा माओवादी नेतृत्व सहितको नयाँ राष्ट्रिय सरकार बन्नुपर्ने प्रस्ताव गरेको बुझिएको छ।

तर त्यस्तो प्रस्तावलाई केही नेताहरुले सुधारवादी भन्दै आलोचना गरेको थाहा भएको छ।

वरिष्ठ नेताहरु दलको भावी रणनीति तयार गर्न व्यस्त रहँदा माओवादी काठमाण्डू जिल्ला समितिले केही दिनअघि आफ्ना एकजना कार्यकर्ताको हत्या भएको भन्दै छानबीन गर्न एक उच्चस्तरीय आयोग गठन गरिनुपर्ने माग गरेको छ।

सो माग गर्दै माओवादी कार्यकर्ताहरुले बिहीबार सिंहदरवार अगाडि धर्ना दिएका थिए।

तर चिकित्सकहरुको एउटा प्रतिवेदनले ती कार्यकर्ताको मृत्यु विष सेवनबाट भएको जनाएको थियो।
red_nepal.img_assist_custom

from: bbcnepali


Leave a response

Your response:

Categories