प्रधानमन्त्री माधवकुमार नेपाल बुधबार अपराह्नको शुभ साइतमा बालुवाटार प्रवेश गरेका छन्। ज्योतिषीको सल्लाह अनुसार बुधबारको साइतमा उनी बालुवाटार प्रवेश गरेका हुन्। तर बालुवाटारको इतिहास भने राम्रो छैन। त्यहाँ बस्ने कुनै पनि प्रधानमन्त्री पूरा अवधि टिक्न सकेका छैनन्। वास्तुशास्त्रीहरुले यसको डिजाइनै खराब भएको बताउने गरेका छन् रे। यस पटक माधव नेपाललाई वास्तुशास्त्रीहरुले सिरानी नै अर्को पट्टी फर्काउन लगाएका खबर पत्रपत्रिकामा आएका छन्।
Posted by: ऐत राज तुम्रोक | May 28, 2009
प्रधानमन्त्री माधवकुमार नेपाल बुधबार अपराह्नको शुभ साइतमा बालुवाटार प्रवेश
Posted in अन्य समाचार

