Posted by: ऐत राज तुम्रोक | April 29, 2009

बाध्यता बन्दैछ बादी महिलाको यौनपेशा !

योगेश रावल (कैलाली) badi-mahila211बादी महिलाहरुको यौनपेशा बाध्यता बन्न पुगेको छ । एकजना महिलाले यौन पेशामा लागेकै भरमा दश जनाको परिवारको लालनपालन गर्नुपर्ने समस्याले थिचिएका बादी महिलाहरु सरकारले भरपर्दो व्यवस्था नगरे यौन पेशा जारी रहने उनीहरुले बताएका छन् ।
क्यान्सर रोगबाट पिडित बनेकी आमाको उपचारको खर्च जुटाउन दोदोधरा गाविस मुढाकी माया नेपालीले १५ वर्षको उमेरमा यौन पेशा अंगाल्नुपर् यो । भर्खर १८ वर्षमा लागेकी मायाले यौन पेशाबाट कमाएको पैसाले आमाको उपचार गरिन् तर समाजले तिरस्कार गर्ने यौन पेशा रोजेर । जुन बाध्यता बन्दै गएको छ । घरको आर्थिक अवस्था नाजुक भएकै कारण उनी यस पेशामा लागेकी हुन् ।

यौन पेशा अंगालेर उनले आमालाई भारतको काशीपुरमा एकलाख खर्च गरी रोगमुक्त बनाएकी छन् । आफूले आमालाई बचाउन सकेकोमा जति उनी खुशी छन् भने यता परपुरुषसँग रात बिताउनु पर्दा दुखी हुन्छिन् । वर्षोदेखि बादी समुदायका महिलाहरुले अपनाउदै आएको यौन पेशाले उनीहरुलाई परिवारको पेट पाल्न सघाएको त छ तर उनीहरुलाई आत्म सन्तुष्टि दिन सकेको छैन ।

बर्दियाको राजापुरकी सपना नेपालीको यौन पेशा अंगाल्नुपर्ने वाध्यता पनि कम दुःख लाग्दो छैन । कक्षा दशको टेष्ट परीक्षामा उत्तिर्ण भएकी सपनाले दुई हजार तिरेर विद्यालयबाट शैक्षिक प्रमाण पत्र निकाल्न सकिनन् । टेष्ट पास गर्दा सम्म पनि यौन पेशामा नलागेकी सपनाले पढाई छोडेर विवाह गर्नुपर् यो । वैवाहिक जीवनको सुरुवात गरेपछि जीवनमा केही परिवर्तन हुन्छ होला ठानेकी सपनाको जीवनमा परिवर्तन त भयो तर उनले सोचे जस्तो परिवर्तन हुन सकेन । विवाह पछि जड्याहा लोग्नेले छोड्दा उनी यौन पेशामा लागेकी अन्य बादी महिलाले जस्तै यौन पेशामा संलग्न हुन पुगिन । जड्याहा लोग्नेबाट जन्मेको छोरोको लालनपालनका लागि उनले पर पुरुषसँग शरीरको सौदाबाजी गर्नुपर्ने भयो ।

तीन सन्तानकी आमा तारा बादीलाई बच्चाको बाबु को हो भन्ने कुरा थाहा छ तर उनी आफ्ना सन्तानको बाबुलाई समाजका सामु चिनाउन सक्दिनन् । ‘हामीलाई थाहा छ आफ्ना सन्तानको जन्मदाता को हो’ भनेर तर ‘उनीहरुको समाजमा पहुँच छ हामीले भन्दैमा समाजले सहजै पत्याउदैन’ उनले भनिन्-ु’हामीले उनीहरुसँग लडेर सक्दैनौ ।’

आफूहरुसँग यौन सम्पर्क गर्न आउँदा गालामा चुमेर माया गर्ने अन्यत्र देखेभने फर्केर समेत हेर्दैनन् भन्दै तारा बादीले भनिन्-गालामा चुम्नेहरुलाई हामीले राम्रोसँग चिनेका छौ । आवश्यक पर् र्यो भने उनीहरुका बारेमा खुलेर भन्न सक्ने ताराको भनाई छ ।

२०५८ को जनगणना अनुसार मुलुकका बहत्तर जिल्लामा बादी समुदायको बसोबास रहेको छ । कैलाली बर्दिया दाङ बाँके र काचनपुर जिल्लामा बसोबास गरिरहेका बादी समुदायका एक सय ८० जना जति महिलाहरु यौन पेशामा संलग्न रहेका छन् । हाल यो संख्या बढेको हनु सक्ने उनीहरुको ठम्याई छ ।

स्मरण रहोस् सरकारको मन्त्री परिषदले पौष २३ गते यौन पेशामा संलग्न बादी समुदायका महिलाहरुको पुर्नस्थापना सहित यौनशोषण अन्त्यको घोषणा गरेको तीन महिना बितिसक्दा पनि आफ्ना समस्या समाधान गर्ने तर्फ सरकारले चासो नदेखाएको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । साथै यौन पेशामा संलग्न बादी महिलाहरुले सरकारले आफ्नो गाँस बासको व्यवस्था नगरेसम्म यौन पेशा छोड्न नसक्ने बताएका छन् । यौन पेशामा लाग्नेहरुमा १२/१४वर्षदेखि ४० वर्षसम्मका बादी महिलाहरु संलग्न रहेको बताईएको छ ।


Responses

  1. badi mahilako wastabik kahani lekhnuvae6, sarai ramro lagyo….
    yasta articles haru pheri pheri pani padna paiyos, anyway nice post….
    http://ilostangel.wordpress.com

  2. take proper responsibility


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.