Posted by: ऐत राज तुम्रोक | February 22, 2009

बहराइनमा पहिलो पटक पत्रकार संघको गठन

nepalipress7297781गोकुल बर्देवा, बहराइन, फेब्रुअरी २२, २००९
नेपाल बहराइन पत्रकार संघ बहराइनको २० फेबु्रवरीमा भएको वृहत प्रथम साधारण भेलाले ११ सदस्यीय पत्रकार समिति गठन गरेकोछ।   नेपाली क्लब बहराइनको सभा हलमा सम्पन्न साधारण सभामा उल्लेखनीय संख्यामा परदेशवासी नेपालीहरुको सहभागीता रहेको थियो। नेपाल बहराइन पत्रकार संघका कार्यक्रम संयोजक सन्तोष दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधी, बुद्धिजीवी, बहराइनमा कार्यरत व्यवसायी, स्वतन्त्र नागरिक, बहराइनमा कार्यरतहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा बोल्नु हुने नेपाली क्लब बहराइनका अध्यक्ष टंक बस्नेतले बहराइनमा गठन हुन गइरहेको पत्रकार संघलाई स्वागत गर्दै यसले परदेशवासी नेपालीहरुको समस्या र असजिला कुराहरुलाई बाहिर ल्याउन सक्नुपर्ने बताउनु भयो। अर्का वक्ता एकता समाजका महासचिव एल.बी. रानाले भन्नु भयो बहराइनमा कार्यरत संघ संस्थालाई एकसुत्रमा बाँधेर उनीहरुलाई जागरुक राख्न नेपाल बहराइन पत्रकार संघ सहयोगी हुन सक्नुपर्छ।
  

nepalipress7297772त्यस्तै अर्का वक्ता मगर संघका महासचिव भगेन्द्र पुलामी मगरले पत्रकारिता जगत राज्यको चौथो अंग भएको हुंदा यसको जिम्मेवारी गहन भएको हँदा सोही अनुसार पत्रकार पनि निर्भिक भई हिड्न सन्नु पर्नेमा जोड दिनु भयो। कार्यक्रममा उपस्थिती भई आफ्नो भनाई राख्नु हुने वक्ताहरुमा नेपाली हाउस बहराइनका अमर परियार, भोजपुर हातेमालो समितिका दीपक राई, मेचीकाली जनसेवा मञ्चका उपाध्यक्ष हरि सुवेदी, नेपाली चर्च मण्डलीका प्रतिनिधी बीनोद सेन, तमु समाजका प्रतिनिधी चन्द्र गुरुङ्ग, यूनिटी लाइफ एसुरेन्सका अध्यक्ष प्रकाश दर्नाल हुनुहुन्थ्यो। nepalipress7297761आफ्नो सहभागिता जनाउनु हुने अन्य संघ संस्थाका प्रतिनिधीहरुमा खोटाङ्ग जनकल्याण समितिका अध्यक्ष श्याम कुमार राई, तमु समाजका संस्थापक अध्यक्ष गम बहादुर गुरुङ्ग, बहराइनबाट प्रकाशित अंग्रजी पत्रिका द्यबजचबष्ल त्चष्दगलभ का प्रतिनिधी अनिरुद्र प्रसाद, क्ष्ःभ् का प्रतिनिधी दिपक नेपाल आदीको उपस्थित थियो।  

नेपाल बहराइन पत्रकार संघको ऐतिहासिक प्रथम साधारण सभाबाट समितिमा निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष श्री सन्तोष दाहाल, उपाध्यक्ष श्रीमती जुही अनिरुद्र, सचिव श्री प्रनिश गिरी, उपसचिव श्री नारायण थापा, कोषाध्यक्ष श्री दिपक नेपाल र सदस्यहरुमा श्री गोकुल बर्देवा, श्री चन्द्र गुरुङ्ग, श्री अमर परियार, श्री महेन्द्र खड्का, श्री बिक्रम चुडाल, श्री यमलाल पराजुली रहनु भएको छ। 

nepalipress7297743त्यसतै गरेर सल्लाहकारहरुमा प्रमुख सल्लाहकार श्री बासुदेव भट्टराई र सल्लाहकारहरुमा श्री दिपराज खड्का, श्री बीरध्वज सिवा, श्री अबदुल्ला नेपाली, श्री अनिरुद्र प्रसाद र श्री कृष्ण मगर हुनुहुन्छ।  शुक्रबारका दिन सम्पन्न उक्त्त साधारण सभाको सञ्चालन www.nepalibahrain.com प्रधान सम्पादक श्री प्रनिश गिरीले गर्नु भएको थियो भने स्वागत मन्तव्य Gulf Daily News का सहसम्पादक श्रीमती जुही अनिरुद्रले दिनु भएको थियो। 
 
 


Leave a response

Your response:

Categories