
विश्वभरिका मुस्लिम सम्प्रदायको पवित्र महिना रमादानको समापन तथा महान पर्व ईद उल फित्रको अवसरमा कतारमा हरेक वर्ष नेपालीहरूले सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गर्दै आएका छन् ।

यस बर्षपनि सोही अवसरमा प्राप्त सार्वजनिक विदालाई नेपालीहरूले सांस्कृतिक एवं मनोरञ्जनात्मक आनन्दकासाथ मनाउन पाउने भएका छन् । कहिले संघसंस्था त कहिले ब्यक्तिगत पहलमा कतारमा नेपाली कलाकारहरुकासाथ रम्न पाइने अवसर जुराउने काममा यसपटक पनि नुुवाकोट सेवा समाज नै अघि सरेको छ । समाजले प्रस्तुुत गर्ने सो कार्यक्रमको नाम रहेको छ ‘नयाा नेपाल शुभकामना सााझ २००८’ । यस बर्ष यहाा र विश्वभरिका मुस्लिम सम्प्रदायमाझ महान पर्व इदको चहलपहल चलिरहादा नेपालमा महान पर्व दशैंको चहलपहल शुरु भइसकेको हुनाले पनि नयाा नेपाल शुभकामना सााझ ले दोहोरो आनन्द दिनेछ ।
समाजका अध्यक्ष बिजय माझीले आयोजना गर्नुहुने सो कार्यक्रममा फरक फरक प्रतिभा भएका ९ जना कलाकारहरूको प्रस्तुती रहनेछ । कार्यक्रमका लागि ९ जना कलाकारको टोली सेप्टेम्बरको अन्तिम साता कतार आउने र यहाा १ साता रहने आयोजक माझीले बताएका छन् । यसअघि गत बर्ष यस्तै कार्यक्रमको आयोजना गरिसकेका माझीको आयोजनामा कतारबासी नेपालीहरुले यसपाली विशिष्ट प्रकारको प्रस्तुती हेर्न पाउने आयोजकसुत्रले बताएको छ ।

कलाकारिताका सबै क्षेत्रलाई समेटिएको तथा दर्जनभन्दा बढि कलाकारको उपस्थितिले कार्यक्रम रोचक हुुने माझीले बताए । कलिउडका स्थापित नायक नायिका एवं गायक गायिकाहरूले ३ घण्टा लामो स्टेज प्रस्तुतीमा मौलिक गित-संगित, नृत्य, हास्यब्यंग्य लगायतका विधामा छुट्टाछुट्टै स्वाद पस्कनेछन् । कार्यक्रममा कतारवासी नेपालीले मन पराउने, अत्यधिक सुुन्ने र भिडियो हेर्ने गरेका लोक दोहोरीहरुलाई विशेष प्राथमिकता दिइएको छ ।


आयोजकका शब्दमा नयाा नेपाललाई कतारबाट स्वागत गर्ने सो सााझका लागि अमेरिकामा रहेकी नायीका सारंगा श्रेष्ठ दोहा आउादैछिन् । कलिउड रजतपटमा लामो समयको अनुपस्थितिका बाबजुत पनि सारंगा श्रेष्ठको चित्ताकर्षक नृत्य प्रतिभाबाट मनोरञ्जन लिने अवसर दर्शकलाई मिल्ने आयोजक माझीले बताए ।
हास्यब्यंग्य विधामा भुल्नै नसकिने परिचय बनेका मनोज गजुरेल कार्यक्रमको अर्को आकर्षण रहेका छन् भने पछिल्लो समयमा आधुनिक तथा पपगायनमा ख्याती कमाएका स्वरुपराज आचार्य पनि कतारवासी नेपालीमाझ प्रस्तुत हुादैछन् । चर्चित लोक तथा दोहोरी गायक कृष्ण ढुंगानाकासाथमा गायिका देविका के.सीलाई लोकगितका श्रोता तथा दर्शकले प्रतिक्षा गरिरहेका छन् भने नायिकाद्वय रञ्जु लामिछाने र सभ्यता गिरीको नृत्यकला यो कार्यक्रममा देख्न पाइनेछ । नृत्य निर्देशन गरिरहेका जगित बहादुर विष्ट पनि पहिलोपटक कतार आउादैछन् भने कार्यक्रममा कला सुब्बाले उद्घोषण, नृत्य तथा गायन प्रस्तुत गर्नेछिन् । नयाा र स्थापित कलाकारहरूलाई प्रत्यक्ष देख्ने र अनुभव गर्ने अवसर विदेशमा बारम्बार नमिल्ने हुनाले पनि दर्शकलाई यो प्रस्तुती विशेष रहनेमा आयोजक माझी विश्वस्त छन् । कार्यक्रम इद उल फित्रको पहिलो दिन आइडियल इन्डियन स्कुलमा आयोजना हुादैछ भने इदको दोश्रो र तेस्रो दिन मुन्तजास्थित मलायाली समाजमको सांस्कृतिक मञ्चमा आयोजना हुनेछ ।



hello hi how ru all to freind
By: HANIF SHAIKH on June 27, 2009
at 9:01 am
thanks my freand by coment
By: ऐत राज तुम्रोक on June 27, 2009
at 9:16 am