उर्लावारी मोरङ धिमाल स्वायत्त क्षेत्र लिम्बुवान २०६६ पुस ५/’राष्ट्रिय स्वाधीनता विशिष्ट जातीय स्वायत्तता आजको आवश्यकता’ भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय माचसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्अन्तर्गत् संघीय धिमाल स्वायत्त परिषदको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन २०६६ पुस ३ र ४ गते उर्लावारी मोरङ धिमाल स्वायत्त क्षेत्र लिम्बुवानमा बाङगाइ धिमालको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ । Read More…
हङकङ, डिसेम्बर २५ का दिन किरात राई यायोक्खा हङकङको आयोजनामा साकेला सिली प्रतियोगिता काउलुन पार्कको पियाजामा सम्पन्न भयो । बिगतका दिनहरुमा ताइमोशान कन्ट्रिपार्कमा आयोजना गरिने यस प्रतियोगिता यसवर्ष हङकङको मध्य शहरको माझमा सम्पन्न भएकोले दर्शक दिर्धाको अत्यान्तै राम्रो उपस्थिती रहेको थियो ।प्रतियोगितामा सहभागी कलाकारहरु किरात राई भेष भुषामा सजिएका थिए भने ढोल झ्याम्टाको तालमा साकेला गीतका साथ नाचेका थिए । यसको अलवा किरात राईहरुको कर्मकाण्ड गर्ने धामीको अभिनय पनि प्रस्तुत गरिएको थियो । Read More…
नेपाली भाषा र साहित्य र संस्कृतिको उत्थानको लागि बिगतका २००५ साल देखि लागी परेको नेपाली कला मन्दिरले प्रत्येक वर्षमनाउदै आएको नेपाली सप्ताह यसवर्षपनि डिसेम्बर २४ देखी डिसेम्बर ३१ सम्म मनाई रहेको छ । यसै क्रममा आज २७ तारिकको दिन विभिन्न नेपाली समुदायको सस्कृती झल्कने सास्कृतिक झाकी सहितको सास्कृतिक सोभा यात्रा युनलोङमा भब्यताकासाथ सम्पन्न भयो ।
युनलोङको घडिपार्कबाट शुरु भएको सो सोभा यात्रामा हङकङका बिभिन्न बिद्यालयमा अध्यानरत बिद्यार्थिहरु, नेपाली भेष भुषामा सजिएका महिला तथा पुरुष अविभावकहरु उल्लेखनिय सख्याँमा उपस्थिती रहेको थियो । शोभा यात्रामा सस्थातग तर्फबाट किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, भोजपुर समाज, गोर्खा भुतपुर्व सैनिक संगठन हङकङ, हेवेन्ली पाथ, हङकङ नेपाली फुटवल संघ लगायतका रहेका थिए भने नेवार समाजले लाखे नाँच सहित संस्थागत रुपमा उपथिस्ती जनाएको थियो । गतसाल जस्तो अरुणा लामाको राष्ट्रिय गीत “नेपाली… गौरव गर्र्छौ हामी आफ्नै…” मात्र घन्किएको थिएन हेवन्लीपाथ र इशाइहरुको स्वर्गिक मार्ग सम्बन्धी गीत पनि गुन्जी रहेको थियो । Read More…
यही २७।११।२००९ का दिन कतारको चर्चित गार्डेन अल्खोर पव्लिक गार्डेनमा पूर्व मेची देखि पश्चिम माहाकाली सम्मका ५०० जना मजदुरहरुको उपस्थितिमा कतार नेपाली एकता समाजको वनभोज कार्यक्रम भव्य एवं शानदार रुपमा सम्पन्न गरेको छ। यति धेरै जना सम्मित वनभोज कतारको इतिहासमा नेपालीहरुले आयोजना गरेको पहिलो भएको कुरा वनभोजमा उपस्थित सबै बाट सुन्न सकिन्थ्यो। कतार नेपाली एकता समाजले अन्तरिम संविधानमा तेस्रो पटक संशोधन गरि भारतिय दलालहरुको गुरु योजना मुताबिक नेपालमा संघीयता लागु गर्ने जुन अभ्यास भैरहेको छ, जुन खेल खेलिदै छ, त्यसको सशक्त बिरोध गर्दै आएको छ। Read More…
भोजराज श्रेष्ठ
दोहा/कलाकारहरुको योगदान राष्ट्रको पहिचानको मुल नाराका साथ खोलिएको अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ दोहा कतारले डिएन मगरको सभापतित्व नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्काको प्रमुख आतिथ्यमा आईसीसी हल दोहामा १६ अक्टोवर सुक्रवारका दिन नेपालीहरुको महानचाड तिहारको उपलक्ष्यमा दिपावली सांगीतिक साझ भव्यताका साथ सम्पन्न गरेको छ । Read More…
अमृत बास्कुने
प्यूठान बाट
तस्वीर : अमृत बासकुने
प्यूठानको बिजुवार एक टिकुरिमा घर भयकि पत्रकार बिन्दू परियार उपचार गर्ने पैसा नभय पछि बिस्तारामै मृतु संग पैठेजोरि खेलिरहेकी छन् ।
दुइ बर्ष अघि देखि पत्रकारिता गर्न सुरु गरेकि २५ बर्षिय बिन्दु परियार सामुदायीक रेडियो माण्डबि ९७ मेगाहर्जमा समाचार लेख्ने र लोक माजरि कार्यक्रम चलाउने गर्दथिन । बिन्दु औसधि नपाय पछि जेठ महिना देखि बिस्तारामा मृत्युसगं पैठेजारि खेलेर बस्नु परेको ६१ ब्र्षिय आमा सुमित्रा परियारले रुदै बताउनु भयो । साथै उहाले गरिबिका कारण औसधि किन्ने पैसा नभय पछि छोरि बिस्तारामा खाडा परेको बताउनु भयो ।
पाच बर्ष अघि देखि ब्लड क्यान्सर रोग बाट पिडित पत्रकार बिन्दु परियारलाइ भेट्न गयका आधा दर्जन पत्रकारहरु सगं पिडित बिन्दुले रुदै भनिन् औसधि पाए बाच्ने थियकि औसधि नपायर मर्ने भय के गर्ने नेपालको चितवन क्यान्सर अस्पत्ताल बाट नियमित औसधि खुवाउदै आएको दाजु सन्तोष परियारले बताउनु भयो । उहाले गहभरि आसु झार्दै भन्नु भयो के गर्ने आम्दानि केहि छैन पाच बर्ष सम्म ता जनतन कपडा सिलायको पैसाले हामि दुइ भाइ ले औसधि गर्दै आयका थियौ हामो्रे उपाय नचले पछि बहिनि बिन्दू को चार महिना औसधि छुट्यो त्यसपछि बहिनि बिस्तारामै खाडा परेको सन्तोसले बताउनु भयो । साथै बहिनिको उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।
उता दलित जातिकि महिला पत्रकार बिन्दु परियार को उपचारमा सहयोग गरिदिन देश भरका साचार माध्यामसाचार कर्मि सरकार र राजनितिक दलहरुलाइ नेपाल पत्रकार महासंघ प्यूठान शाखाले अनुरोध गरेको छ । भने सामुदायिक रेडियो माण्डबिका अध्यक्ष मेघराज भट्टले पनि महिला पत्रकारको उपचारमा सहयोग गरिदिन देश भरका सामुदायीक रेडियो र साचार माध्याम साचार कर्मि राजनितिक दल र नेपाल सरकारलाइ अनुरोध गर्नु भयको छ ।
उनलाई सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्नु होला
म्याग्दीमा अमृत बास्कुने Read More…
प्रतिकृया